Logo

कमिलोको समाधिस्थल



Spread the love

कमिलोको समाधिस्थल

 

भित्तो छ । भित्तोमा म अडेस लागेको छु । अडेस लाग्नु अल्छी प्रवृत्ति हो । अल्छ्याईँ फुर्सदिलाहरूको स्वभाव हो ।

नजिकैबाट एउटा कमिलो खुरूरू कुद्छ ।
म अलि यता सर्छु । अझै यता सर्छु । ऊ झन् म भए तिरै सर्छ ।…सर्दासर्दै म आफू बसिरहेको खाट छोडेर उठ्छु ।

अब अलिक दुरीबाट उसलाई नियाल्छु । ऊ रन्थनिन्छ । घरी यता घरी उता गरिरहन्छन् ।
ऊ के खोजिरहेछ ?
ऊ के गरिरहेछ ?

घरी माथि पुग्छ ।  …घरी पल्लो भित्तासम्म पुग्छ । फेरि वल्लो भित्तामा आइपुग्छ ।  …र, फेरि तल झर्छ ।
के ऊ रमाइरहेछ ?

घरी माथि पुग्छ ।  …घरी पल्लो भित्तासम्म पुग्छ । फेरि वल्लो भित्तामा आइपुग्छ ।  …र, फेरि तल झर्छ ।
के ऊ रमाइरहेछ ?


म चुपचाप गएर अडेस लागेर बसिदिन्छु । ऊ नजिकै आउँछ।  मेरो कानबाट घाँटी तिर हामफाल्छ । फेरि ओठ तिर उक्लिन्छ । म मुख खोल्दिन । ऊ नाक तिर अघि बढ्छ । म डराउँछु, टोक्ने डरले म तर्सिन्छु । उसलाई मार्न खोज्छु ।

अब ऊ एक्कासि मेरो आङ तिर हामफाल्छ ।..काँखी तीर छिर्छ । ..बाहुला सार्छु… । मेरो आङ भरी सलबलाउँछ ऊ ।  मलाई पसिना छुट्छ ।  म टिसर्ट उतार्छु ।…

अब ऊ मेरो गुप्ताङ्ग तिर छिरेको छ । …म सर्वाङ्ग नाङ्गो हुन्छु ।
ऊ मेरो जिउभरि हिँडिदिन्छ ।
पैतालादेखि शिरसम्म ।
अनि शिरदेखि पैतालासम्म ।

ऊ हर एक ठाउँ चहारेर भ्याउँछ ।
म उसको मसिना खुट्टाको गति महसुस गर्न सक्छु । …म थाक्छु । ऊ थाक्दैन ।
अन्ततः म उसलाई आफ्नो जीउमा स्वतन्त्र छोडिदिन्छु ।

***

म औँलाले बिस्तारै उसलाई छुन्छु ।…ऊ चलमलाउदैन् ।… म औँलामा लिग्छु ।…ऊ शान्त छ । ऊ केही पनि गर्दैन ।


अब ऊ थाकेको छ ।  उसले मलाई हानी गरेन । कहिँकतै चिलेन । कतै पनि टोकेन । बस् काउकुती जस्तो केही भने लगाइरह्यो ।

यतिखेर मेरो छाती नेरै आएर ऊ निस्तेज पल्टिएको छ ।

म औँलाले बिस्तारै उसलाई छुन्छु ।…ऊ चलमलाउदैन् ।… म औँलामा लिग्छु ।…ऊ शान्त छ । ऊ केही पनि गर्दैन ।

मलाई लाग्यो ऊ मर्‍यो । किन मर्‍यो ? के ऊ मर्यो ?
ऊ मेरो छातीमै आएर चाहिँ  किन मर्‍यो ? अहँ मैले केहि पनि बुझिन ।

के मेरो छाती कुनै समाधिस्थल हो ?

०००

०००

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्