Logo

चितवन मेडिकल कलेजको प्रशासनमा विद्यार्थीले गरे तालाबन्दी



Spread the love

१८ असोज, चितवन । चिकित्सा शिक्षा संघर्ष समितिले चिकित्सा शिक्षा सुधारको माग गर्दै भरतपुरको चितवन मेडिकल कलेज प्रशासनमा तालाबन्दी गरेको छ ।

संघर्ष समितिका अभियानता प्रविन स्याङतानका अनुसार उनीहरूले भरतपुर-१० मा रहेको चितवन मेडिकल कलेजको प्रशासन र भरतपुर ५ कैलाशनगरमा रहेको सोही कलेजको प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् ।

साझा परीक्षा प्रणाली अवलम्वन गर्नुपर्ने, प्रवेश परीक्षाको योग्यताको आधारमा भर्ना गर्नुपर्ने, परीक्षा शुल्कमा एकरुपता कायम गर्नुपर्ने  र चिकित्सा शिक्षा ऐनले प्रावधान गरेको ७५ प्रतिशत छात्रवृत्ति यसै शैक्षिक सत्रबाट लागू गराउनु पर्ने माग विद्यार्थीको छ ।

चिकित्सा शिक्षा संघर्ष समितिले भदौ २५ गते काठमाण्डौं वृहत् प्रर्दशन गर्ने तयारी गरिरहेको कलेजमा इन्टर्नसिप गर्दै गरेका एमबिबिएसका विद्यार्थी प्रकाश चन्दले बताए ।

राज्यले तोकेको भन्दा बढी शुल्क लिएर पढाउने मेडिकल कलेजहरु माथि छानबिन गरी कारबाही गर्नुपर्ने माग उठाउँदै  भदौ ५ गतेबाट चरणवद्ध रूपमा विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन् । २६ गतेसम्म आफूहरुको माग पूरा नभए थप संघर्षका कार्यक्रम तय गरिने  चन्दको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्