Logo

‘फेसबुक लाइक’ कारण पनि हामी मानसिक रोगि हुँदै छौँ !



Spread the love

एजेन्सी । पछिल्लो समय इन्टरनेट कुलत बनेको छ । यसले व्यक्तिलाई मानसीक रोगी मात्रै होइन अल्पायूमै मृत्युको मुखमा पुर्याउदै आइरहेको छ ।

एक अध्ययनका अनुसार हाम्रो शरीर कम्प्युटर चलाउँदा बस्ने वा मोबाइल चलाउँदा पल्टिने आसनका लागि बनेकै होइन । तर अहिलेको अवस्थामा हामी  ग्रामिण क्षेत्रमा पुग्यौं भने पनि मोबाइल नचलाउने व्यक्ति भेट्न मुस्किल छ । हड्डी खिइने, गर्धन दुख्ने, आँखा सम्बन्धि  समस्या, मांशपेशी सम्बन्धि दुखाइ लगायतका अनेकन समस्या प्रयाश: हरेक व्यक्तिमा भेटिन थालेको चिकित्सकहरू बताउँछन् ।

युट्युब, फेसबुक, ट्वीटर, ह्वाट्स एप, लगायतका सामाजिक सञ्जालको (कु)लतले निकट भविष्यमै मानिस मनोरोगी हुने पक्कापक्की छ । यसैबीच एक जना इन्जिनियरले फेसबुकको एन्ड्रोइड एपमा लाइक सङ्ख्या लुकाउने कोड परीक्षण भएको पत्ता लगाएपछि विश्वको चर्चित सामाजिक सञ्जालले लाइक सङ्ख्या नदेखाउने उपायबारे विचार गरिरहेको हुन सक्ने बताइएको छ ।

सक्रिय नभएको सो कोड जेन मान्चुन वङले पत्ता लगाएकी हुन् । फेसबुकले क्यानडा र ब्राजिलसहित सात देशमा इन्स्टाग्राममा लाइकको सङ्ख्या नदेखाउने परीक्षण गरिरहेको छ । इन्स्टाग्रामले आफ्नो परीक्षणको परिणाम सार्वजनिक गर्ने बेला नभएको बताएको छ ।

यसै क्रममा फेसबुकले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

के छ कोडमा?

वङले ब्लग लेख्दै सो कोडको व्याख्या गरेकी छन् र आफू फेसबुकका लागि काम नगर्ने बताएकी छन् । “यस्तो प्रकारको परीक्षण गर्नुअघि गरिने अध्ययन र कोड निर्माणमा लामो समय लाग्छ,” उनले लेखेकी छन् ।

“यस्ता कुरा आउँछ र हराउन सक्छ। तर मलाई विश्वास छ लाइक सङ्ख्या लुकाउने कार्यले प्रयोगकर्ताहरूको ठूलो सङ्ख्याको डिजिटल मानसिक स्वास्थ्य उपयोगी हुनेछ ।”

“सामाजिक सञ्जालहरूले सन् २०१४ देखि आफ्नो असर मानसिक स्वास्थ्यमा पर्ने थाहा पाएका छन् र अब फेसबुकले लाइक सङ्ख्या लुकाउने काम सुरु गर्न खोजेको छ,” उनले थप लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्