Logo

पञ्जाव कारखानामा आगलागी, नौ जनाको मृत्यु



Spread the love

एजेन्सी । भारतको उत्तरी राज्य  पञ्जावमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ  ।

विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनामा परेका अरू ५० जना त्रसित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पञ्जावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा रहेको  पटाका उद्योगमा  घटना भएको हो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाउने प्रयास गरेका थिए ।  घटनाका बारेमा थप विवरण आउन भने बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्