Logo

पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै महासंघ गुल्मीको आपत्ति, वडाध्यक्षले दिए प्रमाण जुटाउन चुनाैति



Spread the love

१९ भाद्र, गुल्मी – गुल्मीका पत्रकारहरुमाथि दुर्व्यवहार गरिएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार रेसुङ्गा नगरपालिकामा तालाबन्दीको विषयमा समाचार सङ्कलन गर्न गएका पत्रकार अनिल खत्री ,तिलाचन पाण्डे र सञ्चारकर्मी अजय सुनारमाथी दुर्व्यवहार गरिएको भन्दै महासंघले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीकी उपाध्यक्ष सीता भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,  “हरेक घटनाको सत्यतथ्य सुचना पाउने जनताको अधिकार हो । उक्त अधिकारको रक्षा गर्न र सत्यतथ्य सुचना सङ्कलन गर्न जादा पत्रकारहरूमाथी रेसुङ्ग नगरपालिका वडा न ८ का वडा अध्यक्ष सामेलका केहि जन प्रतिनिधिबाट गरिएको दुर्व्यवहारले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रको उपहास भएको छ । तसर्थ नेपाल पत्रकार महासंघ गुल्मीले उक्त घटनाको घोर निन्दा एवम् भर्त्सना गर्दछ ।”

यता रेसुङा नगरपालिका वडा नं. आठका वडा अध्यक्ष भरत भलामीले भने उक्त घटना नियोजित भएको बताएका छन् । सल्लेरी खबरसँग कुरा गर्दै उनले भने, “नगरपालिकामा तालाबन्दी गरेपछि प्रहरी प्रशासनले ताला खोल्ने प्रयास गर्दा त्यसमा केही विवाद भएको र पत्रकारहरुले बाटोमा बसेर भिडियो खिचिरँहदा आँफू बाहिरिने क्रममा बाटो छोड्नुस मात्र भनेको हुँ ।”

त्यसैगरी उनले प्रहरीसँग भने केही भनाभन र विवाद भएको तर पत्रकारमाथि कुनै दुर्व्यवहार नगरेको बताउँदै दुर्व्यवहार गरेको भए आवश्यक प्रमाण जुटाउन समेत चुनौती दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्