Logo

नेपालको नमिठो हार



Spread the love

२० भाद्र, काठमाडाैँ – कतार विश्वकप २०२२ छनाैट अन्तर्गतको दोश्रो चरणको पहिलो खेलमै नेपाल नमज्जाले पराजित भएको छ । कुबेतको घरेलु मैदानमा बिहीबार भएको खेलमा नेपाल ७–० गोल अन्तरले पराजित भएको हो ।

खेलको सुरूवाति मिनेट देखि नै सम्हालिन नसकेको नेपाल ७ मिनेटमा नै पछि परेको थियो । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै कुवेतका नासिरले गोल गर्दा घरेलु टोलीले अग्रता पाएको थियो ।

खेलको पहिलो हाफमा २ गोल खाएको नेपालले दोश्रो हाफमा ५ गोल खाँदा समग्रमा ७–० को फराकिलो पराजय व्यहोर्यो ।  कुवेतको जविर अल अहमेद ईन्टरनेशनल स्टेडियममा नेपाललाई लज्जास्पद हार चखाउँदा युसेफ नासिरको नाममा २ गोल रह्यो ।

त्यसै गरी फहाद अल हाजेरी, अब्दुल्लाह मावी , बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एकएक गोल गर्दा नेपालले फराकिलो पराजय भोग्यो ।

प्रतिक्रिया दिनुहोस्