Logo

गुल्मीमा शिक्षामा घिनलाग्दो राजनीति आ-आफ्नै दाबी



Spread the love

२१ भदौ, काठमाडौं । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा गुल्मीमा घिनलाग्दो राजनीति भएको छ । जिल्लाको महेन्द्र नमुना माध्यमिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्तिले चरम विवाद सिर्जना गर्नुका साथै विवाद लाई राजनीत तीर धकलेको हो ।

प्रअ छनौट समितिले सिफारिस गरेका उम्मेदवार युवराज ज्ञवालीले ७० अङ्क प्राप्त नगरेकाले सो निर्णय बदरका लागि प्रधानाध्यापकका अर्का उम्मेदवार केशरबहादुर थापाले नगरपालिकामा उजुरी दिएसँगै प्रधानाध्यापक नियुक्ति विवादमा परेको हो । प्रधानाध्यापकको विषयलाई लिएर रेसुङगा नगरपालिकामा तालाबन्दी समेत भयो ।

आन्दोलन गर्नेक्रममा नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घका नेता तथा कार्यकर्ता समेत पक्राउ परेका थिए । प्रधानाध्यापक नियुक्ति यती बेला चरम राजनीतिको चपेटामा परेको छ । यती बेला नेपाली काङग्रेस र नेकपा को रस्साकस्सी जस्तै चलेको छ । सबैले कानुनलाई टेकेर प्रधानाध्यापक नियुक्ति गर्न र प्रधानाध्यापक नियुक्ति निर्णय खारेज गरेकाको बताई रहेका छन् ।

दाबी आ आफ्नै को हो त ? अहिले महेन्द्र नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक:

अहिले महेन्द्र नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक को भन्ने कुरा प्रस्ट छैन विद्यालय व्यवस्थापन समितिले नियुक्ति गरेको नवनियुक्त प्रधानाध्यापक युवराज ज्ञवालीले विद्यालय व्यवस्थापन समितिले कानुनी प्रक्रिया अनुसार आफूलाई प्रधानाध्यापक नियुक्ति गरेको बताउँदै आफू नै महेन्द्र नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक भएको दाबी गरेका छन् । अर्का प्रधानाध्यापक केशर बहादुर थापाले भने विद्यालय व्यवस्थापन समितिको निर्णय योग्य नभएको भन्दै आफू प्रधानाध्यापक भएको दाबी गरे ।

नगरपालिका कदम ठिक छ चित्त नबुझे अदालत जानुस:

रेसुङगा नगरपालीकाले गरेको निर्णय चित्त नबुझे अदालत जान रेसुङगा नगरपालीकाका मेयर डिल्लीराज भुसालले सुझाव दिएका छन् । आफूलाई बौलाहा कुकुरले नटोकेकाे भन्दै कानुनको परिपालन गर्दै महेन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्णय खारेज गरेको बताए । पूर्व प्रअ केशर बहादुर थापाले नगरपालीकामा उजुरी दिएर हामीले विद्यालय व्यवस्थापन समितिको निर्णय खारेज गरेका नगर प्रमुख भुसालले बताए ।

यता रेसुङगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनीले विधि र विधान मा टेकेर आफुहरुले काम गरिरहेको बताएका छन् । उनले पनि कानुनको पालन गरेको दाबी गरेका छन् ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतको दम्भ:

रेसुङगा नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष भरत भलामीले मेयरको र प्रमुख प्रशासकीय अधीकृतको दम्भका कारण विवाद चुलिएको बताए । आफ्नो कार्यक्षेत्रमा नपर्न प्रअ नियुक्तिकाे विषयमा नगरपालीककाले हात हालेको उनको भनाई छ । कानुनी प्रक्रिया अनुसार प्रअ नियुक्ति नगरे सम्म नगरकार्यपालीकको बैठक बहिष्कार गर्ने उनले चेतावनी समेत दिए । यता महेन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी पन्थीले आफुहरुले शिक्षा एेनकाे आधारमा प्रअ नियुक्ति गरेको दाबी गरेका छन् ।

नगरपालिकाकाले हस्तक्षेप गर्नु गलत:

समाजसेवी तथा शिक्षा प्रेमीहरुले नगरपालीकाले हस्तक्षेप गर्नु गलत भएको बताएका छन् । विद्यालयको आन्तरीक कुरामा हस्तक्षेप गर्न नहुने उनीहरूको तर्क छ । जति सक्दो छिटो विवाद समधान गर्नु पर्ने उनीहरूकाे सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्