Logo

सम्पर्कविहीन भयाे भारतको चन्द्रयान-२



Spread the love

२१ भदौ, काठमाडौं । भारतको चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्क विहिन भएकाे छ । भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका व्यक्तित्व निराश हुँदै फर्किएका छन् ।

चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको इसरोका अध्यक्ष के.सिवनलेबताएका छन् ।  ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’ उनले भने ।

गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रयान-२  चन्द्रमामा अवतरण गर्ने बताइएको थियो । भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय गएका थिए । जब इसरोका अध्यक्षले प्रधानमन्त्री मोदीलाई सम्पर्क टुटेको जानकारी गराए, तब मोदीले उनको काँधमा हात राख्दै सान्त्वना दिएका थिए ।

भारतको पहिलो चन्द्र अभियान चन्द्रयान-१ पनि चन्द्रमाको सतहमा अवतरण गर्न सकेको थिएन । तर त्यसले चन्द्रमाको सतहमा विस्तृतरुपमा पानीको खोजी अघि बढाएको बताइन्छ ।

चन्द्रयान-२ ले चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाउनुका साथै चन्द्रमामा गएका कम्पनसमेत मापन गर्ने भनिएको थियो ।

एक हप्तासम्म प्राविधिक कारणले स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्