Logo

झुक्किएर पनि नसुनाउनुहोस् यस्ता सपना !



Spread the love

दिनभरिको थकाइ वा आराम प्राप्त गर्नका लागी मानिसहरू सुत्ने गर्दछन् l तर जब मानिस सुत्छन् तब विभिन्न किसिमको दृश्य देख्छन् l जसलाई हामी सपना भन्छौं l कतिपय मानिसहरूको आफूले देखेको सपना बारे अन्य व्यक्तिहरूलाई पनि सुनाउने बानी हुन्छ l हुन त आफूले देखेको सपना सुनाउनु कुनै आपत्तिको कुरा होइन l तर तपाईँले देख्नु भएको सपना भने सबै सुनाउनु उचित हुँदैन l त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कस्तो सपना चाही सुनाउनु हुँदैन त अन्य व्यक्तिहरूलाई?

  • यदि तपाईँले सुत्ने क्रममा बलिरहेको दियो वा स्वयं भगवान् नै प्रकट भएको सपना देख्नु हुन्छ भने सो सपनाको सङ्केत तपाइको सफलता हो l उक्त कारण यस्तो सपनाबारे कसैलाई पनि नबताउनुहोस् l
  • हुन त मानिसहरू सपनामा सर्प देख्दा वा सर्पले टोक्दा डराउने गर्छन् कि त अशुभ हुन्छ भन्ने सोच्ने गर्छन् l तर त्यसो होइन जब तपाईँ सुत्ने क्रममा सर्प वा सर्पले टोकेको देख्नु हुन्छ तब बुझ्नुहोस् कि तपाईँले मान सम्मान पाउँदै हुनुहुन्छ l त्यसैले यस किसिमको सपना पनि अन्य व्यक्तिलाई नसुनाउनुहोस् l
  • यदि तपाईँले सपनामा माछा खाएको वा पकाएको देख्नु हुन्छ भने पनि थाहा पाउनुहोस् तपाईँलाई आकस्मिक धन लाभ हुनका साथै सुख पनि प्राप्ति हुनेछ l
  • जब तपाईँ सुत्नुहुन्छ तब तपाईँले सपनामा सुन्दर बगैँचा देख्नका साथ साथै फल लागेको बोट देख्नुहुन्छ भने बुझ्नुहोस् कि तपाइको आउने समय सुखसँग बित्दैछ l
  • यदि तपाईँले सपनामा आफूलाई मृत अवस्थामा देख्नु हुन्छ भने थाहा पाउनुहोस् कि यस सपनाको अर्थ तपाईका जीवनमा आइपरेका हरेक समस्याहरूको अन्त्य हुँदै जानु हो l

प्रतिक्रिया दिनुहोस्