Logo

नेयमारको पुनरागमनसंगै मैत्रीपुर्ण खेलमा ब्राजिलको बराबरी



Spread the love

२१ भदौ, काठमाडौं । झन्डै चार महिनापछि स्टार फरवार्ड नेयमारले पुनरागमन गर्दा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियासँग बराबरी खेलेको छ । आज बिहान अमेरिकामा भएको खेलमा ब्राजिलले कोलम्वियासँग २–२ गोलको बराबरीको नतिजा निकालेको हो । नेयमारले एक गोल गर्नुका साथै १ गोलको लागि असिस्ट समेत गरेका थिए ।

खेलको १९औं मिनेटमा क्यासमिरोले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाएका थिए । तर, ब्राजिलको त्यो अग्रता धेरै समयसम्म रहेन ।लुइस मुरेलले २५औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए । ३४औं मिनेटमा मुरेलले गोल गर्दै कोलम्वियालाई पहिलो हाफमा २–१ ले अग्रता दिलाएका थिए ।

नेयमारले ५८औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपश्चात थप गोल हुन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

प्रतिक्रिया दिनुहोस्