Logo

१७ वर्षपछि जर्मनीमाथि नेदरल्यान्डको प्रभावशाली जित



Spread the love

२१ भदौ, काठमाडौं । युरोकप २०२० छनौट अन्तर्गत समूह ‘सि’को खेलमा नेदरल्याण्डसले जर्मनीलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्डले जर्मनीमाथि ४–२ को प्रभावशाली जित निकालेको हो ।

ह्यामबर्गमा भएको खेलमा नेदरल्यान्डको जितमा फ्रान्की डि जङ, डोनेल मालेन र जर्जिन्हो विज्नल्डनले गोल गरे । एक गोल उपहार पाएको थियो । जर्मनीका सर्जि जिनाब्री र टोनी क्रुसले गोल गरे ।

जर्मनीलाई नेदरल्यान्डले उसकै मैदानमा १७ वर्षपछि पहिलो पटक पराजित गरेको हो । २००२ मा नेदरल्यान्डले ३–१ को जित निकालेको थियो । त्यसयता भने नेदरल्यान्डले कुनै जित निकाल्न सकेको थिएन ।

जितसँगै नेदरल्यान्डले समूह ‘सी’ मा ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा रहेर युरोकपमा छनोट हुने सम्भावनालाई जीवितै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्