Logo

मालिगांको कीर्तिमानीसंगै अन्तिम टि२० मा श्रीलंका विजयी



Spread the love

२१ भदौ, काठमाडौं । न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम टि२० खेलमा घरेलु टोली श्रीलंका ३७ रनले विजयी भएको छ । श्रीलंकाले दिएको १ सय २६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६ ओभरमा अल आउट हुदैं ८८ रनमा समेटिएको थियो ।

मालिगांले तेस्रो ओभरको तेस्रो,चौथो,पाँचौ र छैटौं बलमा लगातार ४ विकेट हात पारेसंगै श्रीलंकाले जित निकालेको हो । मलिंगाले तेस्रो ओभरको तेस्रो बलमा ओपनर कोलिन मुनरोलाई १२ रनमा बोल्ड आउट गरे भने चौथो बलमा हमिश राउटफोर्डलाई शून्यमा एलबी डब्लू आउट गर्दा पाँचौमा कोलिन डी ग्राण्डहोमलाई पनि शून्यमा बोल्ड आउट गर्दै ह्याट्रिक पुरा गरेका थिए । अन्तिम बलमा मालिगांले रोश टेलरलाई पनि शून्यमा एलवी डब्लू आउट गर्दै लगातार चार बलमा चार विकेट हात पारेका थिए ।

टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा मालिगां १ सय विकेट लिने पहिलो बलरको कीर्तिमान बनाउन सफल भएका छन् । एक समय १० ओभरमा ५२–९ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई कप्तान टिम साउदीले २३ बलको सामना गर्दै २८ रनमा अविजित रहेका थिए । श्रीलंकाको जितमा कप्तान मालिगांले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर ५ विकेट लिए । अलिका धनञ्जयले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन जोड्यो । तिन टि२० शृङ्खला २–१ ले न्युजिल्यान्डले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्