Logo

द्रौपदीबाट भएका यी गल्ती, जसको कारण मच्चियो पुरै महाभारत



Spread the love

 

पाञ्चाली एवं कृष्णाका नामले समेत चिनिने द्रौपदी पाञ्चालराज द्रुपदकी अयोनिजा पुत्री हुन् । सायद उनलाई बुज्ने व्यक्ति रहस्यमयी कृष्ण मात्रै थिए । कृष्ण द्रौपदीलाई सखी भनेर सम्बोधन गर्थिन् भने द्रौपदी श्रीकृष्णकी मित्र थिइन् । द्रौपदीले यी गल्ती नगरेका भए सम्भवतः आज अर्कै इतिहास हुन्थ्यो, महाभारतको कथा नै अर्कै हुनसक्थ्यो ।
यस्ता छन् द्रौपदीका गल्तीहरु:

– स्वयंवरमा कर्णको अपमान गर्नु:

द्रौपदी कर्णलाई चाहन्थिन् तर जब उनलाई थाहा भयो कि कर्ण त सूतपुत्र हुन्, तब उनले आफ्नो इरादा बदलिन् । पहिलो कुरा त कर्णलाई सूतपुत्र भनेर स्वयंवर प्रतियोगितामा भाग लिन दिइएन, अर्को कुरा कर्णलाई निकै नराम्रोसँग अपमानित गरियो । द्रौपदीले त्यसो नगरेकी भए परिणाम अर्कै हुनसक्थ्यो ।

– पाँचै पाण्डवको पत्नी हुन स्वीकार गर्नु:

अर्जुनले स्वयंवरको प्रतियोगिता जितेका थिए । तसर्थ नियमअनुसार द्रौपदी अर्जुनकी पत्नी हुन्थिन् । तर, तत्कालीन विशेष परिस्थितिमा द्रौपदीलाई पाँचै पाण्डवको पत्नी बन्न प्रेरित गरियो । द्रौपदीले पाँचै पाण्डवको पत्नी बन्न स्वीकार नगरेकी भए आज इतिहास अर्कै हुनसक्थ्यो ।

-दुर्योधनको अपमान:

द्रौपदीले युधिष्ठिरको राज्याभिषेकका समयमा दुर्योधनलाई व्यंग्य गरेकी थिइन् । उनले त्यतिबेला भनेकी थिइन्, अन्धाको छोरो अन्धो । यही कुरा दुर्योधनको मनमा तीरजसरी गाडिएर बस्यो । फलस्वरूप द्रौपदीको चीरहरण गर्ने प्रयास भयो ।

– युद्धका लागि प्रेरित गर्नु:

आफ्नो चीरहरणपछि द्रौपदीले पाण्डवहरूलाई भनिन्, तिमीहरूले दुर्योधन तथा त्यसका भाइहरूलाई मारेर मेरो अपमानको बदला लिन सकेनौ भने धिक्कार छ तिमीहरूलाई । अब मेरो कपाल त्यति बेलासम्म खुला रहन्छ अर्थात् म त्यति बेलासम्म जुरो बाँध्दिन जबसम्म दुःशासनको रगतले मेरो कपाल धुँदिन ।

-जयद्रथलाई क्षमादान दिनु:

जब पाण्डवहरू वनवासको सजाय भोगिरहेका थिए, त्यही समय दुर्योधनका ज्वाइँ जयद्रथको कुदृष्टि द्रौपदीमाथि पर्‍यो । उसले एक्लो अवस्थामा फेला पारेर द्रौपदीलाई जबरजस्ती रथमा राखेर लिइहिँड्यो । तर पाण्डवहरू समयमै आइपुगे र द्रौपदीलाई जोगाए । पाण्डवहरूले अनीतिको मार्गमा हिँड्ने दुस्साहसी जयद्रथलाई समाते । उनीहरू जयद्रथलाई त्यहीँ नै मारिदिन चाहन्थे तर द्रौपदीले पाण्डवहरूलाई त्यसो गर्न दिइनन् ।

प्रतिक्रिया दिनुहोस्