Logo

टि ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने



Spread the love

२१ भदौ, काठमाडौं । सिंगापुरमा २७ सेप्टेम्बर देखि ३ अक्टोबरसम्म हुने नेपाल, जिम्बाबे र सिंगापुरबीचको त्रिकोणात्मक टि ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ । शुक्रबार सिंगापुर क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने भएको हो ।

२७ सेप्टेम्बरमा नेपालले पहिलो खेलमा जिम्बाबेको सामना गर्नेछ । नेपालले २८ सेप्टेम्बरमा सिंगापुरसँग, अक्टोबर १ मा जिम्बाबेसंग र २ अक्टोबरमा पुनः सिंगापुरसँग खेल्ने छ ।

नेपाली टोली सम्भवत उतैबाट पाँच देश सम्मिलित टि ट्वान्टी सिरिज खेल्न ओमान जान सक्नेछ । अक्टोबर ५ देखी १० सम्म टि २० सिरिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्