Logo

धोनी र गेललाई पछाडि पार्दै टि ट्वान्टी वरीयतामा पारस अगाडि



Spread the love

२१ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नयाँ टि ट्वान्टी क्रिकेट वरीयता सार्वजनिक गरेको छ । जसमा अलराउन्डरतर्फ नेपाली टोलीका कप्तान पारस खड्कासँगै बलिङमा सोमपाल कामी र वसन्त रेग्मी अटाएका छन् ।

पारसले भारतीय विकेटकिपर महेन्द्र सिंह धोेनी र वेस्ट इन्डिज क्रिस गेललाई पछि पारेका छन् । धोनी ६९ र गेल ७५ औँ स्थानमा छन् । त्यस्तै, अलराउन्डरतर्फ पारस २७ औँ स्थानमा छन् । पारसले अलराउन्डरतर्फ राशिद खान,रोहित शर्मा,हार्दिक पान्ड्या,क्रिस गेल र आन्द्रे रसेल जस्ता स्टार खेलाडीलाई पछाडि परेका छन् ।

बलिङ तर्फ सोमपाल ७८ औँ स्थानमा यथावत् छन् भने वसन्त ७२ औँ स्थानमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्