Logo

भगवान् शिवसँग छ मानिसको हरेक समस्याको समाधान



Spread the love

जब मानिसको जीवनमा समस्या देखा पर्न थाल्छ तब उसले अनेक देवी देवताहरूको पूजा पाठ गर्न थाल्छ । समस्या समाधान होस् र जीवन शान्तिपूर्ण होस् भनेर यस्तो काम गर्ने गर्छन् । ज्योतिषको परामर्शले समस्या ठीक हुनसक्ला तर गलत व्यक्तिकोमा फस्यो भने पैसा र समयको बर्बाद हुनुको अलवा अरु केहि हात लाग्दैन ।

त्यसो हो भने अब के गर्ने त ? मानिस भगवान् शिवको शरण पर्‍यो भने उसले अन्यत्र कतै धाइ राख्नु पर्दैन । शिवसँग छ हरेक समस्याको समाधान हुन्छ । यसका लागि आवश्यक पर्छ त केवल साँचो श्रद्धा, विश्वास एवं भक्तिको ।
केही त्यस्ता वस्तु छन् जुन अर्पण गर्नाले भगवान् शिव चाँडै खुसी हुन्छन् ।

-शिवलाई प्रतिदिन बेलपत्र चढाउनाले जीवनका समस्त संकट टाढा हुन्छन् ।

-शिवलिंगमा दही चढाउनाले जीवनमा खुसी, उल्लास एवं सकारात्मक ऊर्जाको प्रवेश हुन्छ ।

– शिवलिंगमा सखर चढाए सुख-समृद्धि एवं ऐश्वर्य प्राप्त हुन्छ ।

-सुगन्धित तेल चढाए धनधान्यमा वृद्धि हुनुका साथै भौतिक सुख प्राप्त हुन्छ

-चन्दन चढाए मानसम्मान बढ्छ ।

-केशर चढाए आफूले चाहेजस्तो जीवनसाथी प्राप्त हुन्छ । छिटै विवाह हुने योग बन्छ ।

-उखुको रस चढाए समस्त पारिवारिक सुख प्राप्त हुन्छ ।

शिवलिंगमा अक्षता चढाउँदा अपार धन सम्पत्ति एवं सुख-समृद्धि लाभ हुन्छ ।

-शिवलिंगमा तिल चढाउनाले सम्पूर्ण पाप एवं रोगको नाश हुन्छ ।

प्रतिक्रिया दिनुहोस्