Logo

घुम्नेबित्तिकै फोटो अपलोड गर्न महानगरमा फ्री वाइफाई : दुई करोड विनियोजन



Spread the love

काठमाडौंभित्रका ऐतिहासिक सम्पदा तथा सार्वजनिक स्थलमा निशुल्क एन्टरनेट सेवा प्रदान गरिने भएको छ ।महानगरपालिकाले सम्पदा तथा सार्वजनिक स्थलमा घुम्न आउने पर्यटक तथा स्थानीयका लागि फ्री वाइफाई जोन बनाउन लागेको हो ।महानगरपालिकाको आर्थिक बर्ष २०७४ ७५ को निती तथा कार्यक्रममा नै काठमाडौंमा महत्वपूर्ण स्थलमा फ्री वाइफाई जोन बनाउन दुई करोड रुपैयाँ विनियोजित गरेको छ ।

महानगरपालिकाले पहिलो चरणमा फ्री वाइफाई जडान गर्ने स्थलको प्रारम्भिक टुंगो लगाएको छ । आजको नागरिक(काष्ठमण्डप)मा खबर छ ।जसअनुसार, हनुमानढोका, दरबार परिसर, पशुपति क्षेत्र, स्वयम्भू चैत्य, बौद्धनाथ स्तुपा, बालाजु पार्क र शंखपार्कलाई फ्री वाइफाई जोन बनाउने योजना अघि सारेको छ ।

‘पर्यटकले घुम्नेबित्तिकै फोटो तथा भिडियो अपलोड गर्न सहज होस् भनेर नै इनटरनेट सेवा जडान गरेका हौं ।’

-ज्ञानेन्द्र कार्की, प्रवक्ता, काठमाडौं महानगरपालिका

प्रतिक्रिया दिनुहोस्