Logo

अवैध माछा बरामद



Spread the love

२२ भाद्र, विराटनगर – भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २ सय किलो अवैध माछा प्रहरीले बरामद गरेको छ ।

भन्सार छलि गरी ल्याएको सो परिमाणको माछा प्रहरीले शनिबार विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ । यस्तै दुई दिनको अन्तरालमा प्रहरीले मोरङको बेलबारी र जमुवाडिपबाट ३४० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्