Logo

बाढीले बगाएको थप एक गैँडा भारतमा भेटियो



Spread the love

भदौ ९, चितवन- अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पु¥याएको अर्को एक वयस्क गैँडा भेटिएको छ । बाढीले नै रिजर्भ क्षेत्रमा पु¥याएको एक गैँडालाई नियन्त्रणको प्रयास गरिरहेका बेला थप अर्को गैँडा भेटिएको हो ।

गैँडाको उद्धारका लागि गतसातादेखि नै सोही क्षेत्रमा रहनुभएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार एउटा गैँडा नियन्त्रणको प्रयास गरिरहेका बेला बिहीबार अर्को गैँडा पनि फेला परेको हो ।

पहिला फेला परेको गैँडालाई डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाउने काम) गरेर ल्याउने प्रयास बुधबार र बिहीबार असफल भएको उहाँले बताउनुभयो । बाढीले बगाएपछि दच्किएको सो गैँडा भागेकाले डार्ट गर्न कठिन भएको हो । मान्छे र जनावरको आवाज सुन्नेबित्तिकै गैँडा भाग्ने गरेको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो “डार्ट गर्नका लागि गैँडा नजिक पुग्नु पर्ने हुन्छ । त्यो नै कठिन भएको छ ।”

आज पनि बिहानैबाट गैँडा नियन्त्रणको प्रयास शुरु गरिएको उहाँले बताउनुभयो । “जुन गैँडा सम्भव हुन्छ त्यसैलाई हामी पहिले डार्ट गर्छाैं” अर्यालले भन्नुभयो ।

भारतीय अधिकारीहरुसँगको समन्वयमा डार्ट गरेर बेहोस बनाएर गैँडा ल्याइन्छ । जसका लागि प्राविधिकसहित नेपाली ४० जना र वाल्मीकि टाइगर रिजर्भका २०० जना कर्मचारी परिचालन गरिएको छ । गैँडालाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित दिव्यपुरी र लामिचौरबाट तीनवटा हात्ती रिजर्भमा लगिएको छ । हात्तीले घेरा हालेर गैँडालाई डार्ट गर्ने गरिन्छ ।

यसअघि भारतबाट चारवटा गैँडाको उद्धार गरी निकुञ्ज ल्याइएको थियो । भारतबाट ल्याइएका गैँडामध्ये दुईवटा पोथी माउ थिए भने एक भाले र एक पोथी बच्चा थिए । बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा पु¥याएको र दुई गैँडा मृत अवस्थामा भेटिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्