Logo

शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहनका लागि अपनाउनुहाेस् यी उपाय



Spread the love

२२ भाद्र, काठमाडौं । अहिलेकाे समयमा नेपालीहरुमा हृदयघात, क्यान्सर र मधुमेह लगायतका विभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गएको छ । हामिमा लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न केवल शरीर मात्रै स्वास्थ्य भएर नपुग्ने मुटुरोग विशेषज्ञहरू बताउछन् । शरीरलाई पूर्ण रुपमा स्वास्थ्य राख्नका लागि हाम्रो शरीर, दिमाग र मन पनि उत्तिकै स्वास्थ्य हुनुपर्दछ । हाम्रो मन, शरीर र दिमागलाई स्वास्थ्य राख्न सक्यौ भने मात्रै हामी स्वास्थ्य व्यक्ति भएकाे मानिन्छाै ।

स्वस्थ्य खानपान 

खान नजानेकै कारण पनि विभिन्न किसिमका रोगहरु लाग्ने गरेको छ । स्वास्थ्य रहनको लागि हामीले हरेक दिन खाने खाना पनि स्वस्थ्य हुनुपर्छ । आफ्नौ शरीरलाई चाहिने पौष्टिक आहार नियमित रुपमा खानाले धेरै रोग लाग्नबाट जाेगाउँछ । खानामा नियमित रुपमा हरियो सागसब्जी सहितको खानाले स्वास्थ्यलाई निकै फाइदा पुग्ने गर्दछ ।

शुभाचरण

स्वास्थ्यको अर्को महत्वपूर्ण पक्ष हो, शुभाचरण । निरोगी शरीर र स्वास्थ्य रक्षाका लागि उचित दिनचर्या तथा शुभाचरणको पालना आवश्यक छ । दिनचर्या नियमित भएन भने शरीर चुस्त-दुरुस्त तथा सशक्त हुँदैन, खाए पिएको पनि पच्दैन । भोजनबाट शरीरले जुन पौष्टिकता प्राप्त गर्नु पर्ने हाे त्याे प्राप्त गर्दैन । त्यसो भयो भने शरीर रोगी तथा कमजोर हुन्छ । तपाईं जीवनमा सफलता र समृद्धि चाहनुहुन्छ भने आजै ‘जुनबेला आँखा खुल्यो त्यहीबेला सही’लाई मनन् गर्दै उचित दिनचर्या तथा शुभाचरणको पालना गर्नुपर्दछ ।

नियमित व्यायाम तथा योगा

शरीर दिमाग र मनलाई स्वस्थ्य राख्नक लागि नियमित रूपमा व्यायाम तथा योगा गर्नु उपयुक्त मानिदै अाएकाे छ  । नियमित शारीरक व्यायाम र योगा गर्ने बानीले शरीरलाई स्वास्थ बनाउनुका साथै मन र दिमागलाई पनि तनावबाट मुक्त गराउँछ । योगाले मुटु रोग र तनावलाई समेत घटाउँछ ।

पर्याप्त पानी पिउने 

स्वस्थ्य रहिरहनक लागि शरीरमा पानीको मात्रा मिलाउनु अावस्यक छ । अत्याधिक धेरै वा थाेरै पानी पिउनाले पनि स्वास्थ्यमा असर पर्दछ । दिनमा न्यूनतम ४ देखि ६ लिटर र घण्टामा १ लिटर भन्दा कम पानी पिउनु पर्दछ । धेरै वा थाेरै पानी पिउनाले पनि शरीरमा नाकारात्मक असर पर्दछ ।

धूम्रपान,मध्यपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने

धूम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थको सेवनले मानिसहरुमा क्यान्सर,दम,क्षयराेग लगायतका गम्भीर र दिर्घकालिन रोगहरु लाग्न सक्छ । त्यसलै स्वास्थ्य रहनको लागि धूम्रपान, मध्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।

मोटोपन,रक्तचाप तथा सुगर नियन्त्रण

मोटोपन एक किसिमकाे राेग हाे यसले शरीर र दिमाग दुबैलाई असर गर्दछ । मोटोपनले रक्तचाप र सुगरलाई पनि बढाउँछ । स्वास्थ्यकर खानपान र नियमित व्यायाम तथा योगाले मोटोपना घटाउँन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्