Logo

घाइते छोरालाइ अस्पताल लिएर जाँदै गरेकी आमाको मृत्यु



Spread the love

२२ भदौ, महोत्तरी । घाइते छोरालाई उपचारका लागि अस्पताल लैजादै गरेकि आमाको एम्बुलेन्स दुर्घटनामा परी ज्यान गएको छ । शनिबार साँझ आपसी झगडामा दुइटै छाेरा घाइते भएपछि ५० वर्षिया आमाले एम्बुलेन्समा हालेर लैजाँदै गर्दा विपी राजमार्गको बर्दिवास–३ गौरीडाँडामा शनिबार साँझ ८ बजेतिर बा२च ४४४१ नंको एम्बुलेन्स पल्टिएकाे हाे ।

दुर्घटनामा परि महोत्तरीको बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी, पैदलयात्री छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–४ का २१ वर्षीय रोशन बराइली, फर एम्बुलेन्स चालक बर्दिवास–३ का चित्रबहादुर बुढाथोकी घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार, घटनालगत्तै प्रहरीले उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याउनासाथै तारा वादीलाई चिकित्सकले मृत घोषणा गरेको थियाे ।

घाइतेमध्ये पैदलयात्री रसाइलीको दाँया खुट्टा भाँच्चिएको, चालक बुढाथोकीको अनुहारमा चोट लागेको र दुवै दाजुभाइ वादीका हातगोडामा सामान्य चोट लागेको छ । घाइते सबैको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोककुमार साहले बताए ।

प्रतिक्रिया दिनुहोस्