Logo

विद्यार्थीले गर्छन् शिक्षककाे हाजिरी



Spread the love

२२ भदौ, काठमाडौं । अधिकांश विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । तर एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्ने गरेका छन् ।

शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पढाए, कति समयपछि कोठाबाट निस्किए भनेर समेत विद्यार्थीले बिवरण राख्दछन् ।

विद्यार्थीमैत्री वातावरण बनाउन, सल्यानको दार्मा गाउँपालिकाका–१ मा पर्ने जनकल्याण प्राथमिक विद्यालयमा विद्यार्थीलाई शिक्षकको हाजिरी गराउन लगाइएको हो । यसले शिक्षक र विद्यार्थी दुवैलाई सक्रिय बनाएको छ । शिक्षकका विषयमा राखिने अभिलेखको रिपोर्ट विद्यार्थीले नियमितरुपमा प्रधानाध्यापकलाई बुझाउँने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्