Logo

नेपाल फाइनलमा, उपाधिका लागि नेपालले भारतसँग खेल्ने



Spread the love

काठमाडौं- काठमाडौंमा जारी साफ यू-१५ च्याम्पियनशीप फुटवल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई ४–२ ले पराजित गर्दै जारी नेपाल फाइनलमा पुगेको हो ।

खेलको ५औ मिनेटमा आकाश बुढामगरले पहिलो गोल गरी नेपाली टिमलाई १–० को अग्रता दिलाएका थिए । आकाशले नै ३०औ मिनेटमा दोस्रो गोल गरेपछि नेपाल पहिलो हाफमा २–० ले अगाडि रह्यो। दोस्रो हाफमा भने नेपाललाई निकै दबाबमा राखेको बंगलादेशले २ गोल गरे पनि नेपालले अर्को दुई गोल थपे पछि नेपाल ४–ले विजयी भएको हो ।

साफ यू-१५ च्याम्पियनशीपमा नेपालले माल्दिभ्सलाई ६–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । समूह बीको उपविजेता हुँदै नेपाल अन्तिम चारमा पुगेको थियो ।

नेपालले उपाधिका लागि भारतसँग खेल्ने छ । शुक्रवार नै भएकाे अर्काे सेमि फाइनलमा भारतले भुटानलाइ ३– ० ले पराजित गरेकाे थियाे । नेपालले उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्