Logo

बिहान उठ्ने बित्तिकै कस्ता चिज देखे हुन्छ शुभ? जान्नुहोस् यी चिजबारे



Spread the love

अधिकांश मानिसहरूको प्रिय चिज भनेकै निन्द्रा हो l जसले मानिसहरूको थकाई मेटाउनका साथ साथै भरपूर्ण आराम पनि प्रदान गर्छ l शास्त्रका अनुसार जब बिहान मानिस उठछन् तब उनीहरूले यी चिज देखे एकदमै शुभ दिन हुनेछ l त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कस्ता चिज देखे हुन्छ त दिन शुभ?

गाई :
जब तपाईँ बिहानै उठ्नुहुन्छ तब तपाईँले गाई देख्नु हुन्छ भने बुझ्नुहोस् कि तपाइको दिन शुभसँग बित्नेछ l अझ तपाईँ गाईकै आवाजले विउँझिनु हुन्छ भने त्यो त झन् तपाइको लागि शुभ रहनेछ l

श्रृंगार गरेकी स्त्री :
यदि तपाईँ बिहान उठ्ने बित्तिकै श्रृंगार गरेकी स्त्री देख्नुहुन्छ भने थाहा पाउनुहोस् कि तपाइको दिन शुभसँग बित्नका साथै तपाइसँग केही राम्रो चिज हुँदैछ l

धर्मग्रन्थ
जब तपाईँ बिहान उठ्नुहुन्छ तब तपाईँले कुनै धर्मग्रन्थ अध्ययन गरिरहेको वा वाचन गरिरहेको व्यक्तिलाई देख्नु हुन्छ भने पनि दिन शुभ हुन्छ ।

कुकुर :
बिहान उठ्ने बित्तिकै कुकुर देख्नु पनि शुभ हुने सङ्केत हो l त्यसैले तपाईँले बिहान उठ्ने बित्तिकै कुकुर देख्नुहुन्छ भने पनि तपाइको दिन शुभ रहनेछ l

आगो :
बिहान उठ्ने बित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ, साथै बिहानै अग्निको दर्शनले दिनभरि ऊर्जाशील राख्ने शास्त्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्