Logo

नादेझ्दा कप :नेपालले आज आयोजक किर्गिस्तानको सामना गर्ने



Spread the love
 

२२ भदौ, काठमाडौं । आज नेपाली महिला राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै नादेझ्दा कप फुटबल प्रतियोगिताको सुरुवात गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बाट सुरु हुनेछ ।

नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्नेछ । नेपालले भदौ २३ गते उज्वेकिस्तानसँग र त्यसको भोली पल्ट भदौ २४ गते ताजिकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिग पछि भदौ २६ गते शीर्ष २ टोलीले उपाधिका लागि र त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा यो प्रतियोगितालाई हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्