Logo

प्रदेश लोकसेवा आयोगका अध्यक्षद्वारा शपथ ग्रहण



Spread the love

२२ भदौं, जनकपुरधाम l प्रदेश २ मा लोकसेवा आयोगका अध्यक्ष पदमा सुरेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अध्यक्ष यादवलाई मुख्यमन्त्री कार्यालयले आज आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादवलगायतको उपस्थिति थियो । अध्यक्ष यादव सिरहा जिल्ला निवासी हुन् साथै सिरहाको सूर्यनारायण, सत्यनारायण मोडबैता बहुमुखी क्याम्पसका सह-प्राध्यापक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्