Logo

शिवको अर्द्धनारीश्वर स्वरूपको रहस्य के हो ?



Spread the love

 भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्। शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ। महिला र पुरुष समानताको प्रतीक हो भगवान् शिवको अर्द्धनारीश्वर स्वरूप । यसको रहस्य के हो ?

ब्रह्माको समस्या:

जब ब्रह्माजीले मानिसको सृष्टि गरे, उनलाई के बोध भयो भने यो सृष्टि अब चाडै नाश हुन्छ किनकि उनले पुरुषको मात्र सृष्टि गरेका थिए । यस्तो समस्याको समाधानका लागि ब्रह्मा शिवजीको शरणमा गए । उनले कठोर तपस्या गरे । ब्रह्माजीको तपस्याबाट प्रसन्न भएका शिवजीले समस्याको समाधानस्वरूप ब्रह्माजीका अगाडि आफ्नो अर्धनारीश्वर स्वरूप प्रकट गरे । यस रूपमा उनी आधा शिव थिए भने आधा शिवा ।

महिलापुरुषबीच समानता:

अर्द्धनारीश्वर स्वरूप देखाएर शिवजीले महिला तथा पुरुषबीच समानता रहेको कुरा दर्शाएका छन् । उनले महिला र पुरुष दुवै प्रकृतिका अभिन्न अंग भएको र यी दुईमध्ये कुनै एकको अभावमा सृष्टि सम्भव नहुने बताए ।

शिव र शक्तिको सम्बन्ध कस्तो थियो ?

शक्ति शिवको मुख्य अंग हो । शिव नरका प्रतीक हुन् भने शक्ति नारीका । यी दुवै एकअर्काका पूरक हुन् । शिवविना शक्ति तथा शक्तिविना शिवको अस्तित्व सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस्