Logo

चलचित्र ‘पोइ पर्‍यो काले’को शिर्ष गीत रिलिज (हेर्नुहोस् भिडियो)



Spread the love

पछिल्लो समय निकै बहुप्रतिक्षित रहेको चलचित्र ‘पोइ पर्‍यो काले’को शीर्ष गीत युट्युबमार्फत सार्वजनिक भएको छ । कहीँ दिन पहिले मात्र उक्त चलचित्रको फस्ट लुक्स सार्वजनिक भएको थियो ।

चलचित्र चर्चामा आउनुको मुख्य कारण नै नायिका पूजा शर्मा,नायक सौगात मल्ल, नायिका श्रृष्टी श्रेष्ठ नायक आकाशलाई यस चलचित्र हेर्न दर्शक पहिले देखिनै आतुर देखिन्छन् ।

नृपेश उप्रेतीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका छन् भने चर्चित गायिका अन्जु पन्तले र गायक रामचन्द्र काफ्लेको स्वर सजिएको छ । शिव ढकालद्वरा छायाङ्कन गरिएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी रहेको छन् ।

 

चलचित्रको गीतमा सौगात र पूजा र आकाश र श्रृष्टीको जोडीलाई दर्शकले अत्यतै रुचाएका छन् । अभिनेत्री पुजाले भने चलचित्र हरेपछि मात्र को कसको जोडी हुन् भने थाहा हुने बताएकी छिन् ।

अमला देवी राई, दीपक मनाङे (राजीव गुरुङ),किरण नेपाली, अर्जुन खनियाँ र देव तामाङ लगायतले निर्माण गरेका छन् । उक्त चलचित्र शिशिर राणाको कथा तथा निर्देशन रहेको छ । चलचित्र आउँदो कात्तिक ८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/bNozwMbyAsk

प्रतिक्रिया दिनुहोस्