Logo

एसिड प्रहार गर्नेमाथि ज्यान मुद्दाको तयारी



Spread the love

२२ भाद्र, वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी खातुन माथि एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका युवालाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतले आज पाँच दिनको म्याद दिएको छ । प्रहरीले अनुसन्धानका लागि १० दिन म्याद थपको माग गरे पनि अदालतले पहिलो पटकका लागि पाँच दिन म्याद दिएको हो ।

गत शुक्रबार बिहान विद्यालय जानेक्रममा १५ वर्षीय खातुनमाथि एसिड प्रहार गरेको अभियोगमा प्रहरीले सोही दिन वडा नं २ निवासी समसाद मियाँ र बाराको फेटाफुलवरीया घर भई हाल छपकैयामा बस्दै आएका मजिद आलमलाई अर्को शनिबार पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्तलाई अदालतमा उपस्थित गराई ज्यान मार्ने उद्योग र फौजदारी कार्यविधिको ‘कुरुप बनाउने कसुर’ मुद्दामा अनुसन्धान गर्न प्रहरीले १० दिन म्याद माग गरेकामा पाँच दिन म्याद दिइएको जिल्ला अदालतका से्रस्तादार कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानलाई उपचारका लागि नारायणी अस्पतलमा भर्ना गरिएको थियो । उपचारका क्रममा मुस्कानको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो । पीडितको उपचारका लागि प्रदेश नं २ सरकारले रु पाँच लाख सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्