Logo

अवैध काठ बरामद



Spread the love

२२ भाद्र, सिरहा – प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–१ रतनपुरबाट आज ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासी फणीन्द्र पोखरेलले अवैध रुपमा सञ्चालन गरेको मिलबाट विभिन्न आकारका ६२ थान साल काठ बरामद गरेको हो ।

बरामद भएको करीब रु तीन लाख बराबरको सो काठ आवश्यक कारवाहीका लागि इलाका डिभिजन वन कार्यालय लहानमा बुझाइने प्रहरीले जनाएको छ । यस्तै दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज सिरहाको लहान–ठाडी सडकबाट पक्राउ गरेको छ । ठाडीबाट लहानतर्फ आउँदै गरेको बीआर ३२ क्वि ४०३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका भगवानपुर गाउँपालिका–४ निवासी ४० वर्षीय ओमप्रकाश साहलाई भारतीय रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व विभाग इटहरी पठाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्