Logo

घुस लिएको आरोपमा मुद्दा



Spread the love

२३ भाद्र, बर्दिया – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सवडिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुप्तालाई उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिश गरेबापत सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोग लागेको छ ।

यस्तै आयोगले महोत्तरी जिल्ला अदालतमा कार्यरत नापी सर्वेक्षक मोहन यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवलाई जिल्ला अदालतमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको अभियोग लागेको छ । जग्गाको किचलो मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा यादवलाई आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको हो । बिगोअनुसारको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालथोक, दुम्जामा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीलाई रु १० हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ । काठमाडौँबाट सिन्धुली हुँदै बाहिरिने सवारीसाधनका चालकबाट माझीले घुस लिएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्