Logo

पूर्ण साक्षरताका लागि रोटरी सक्रिय



Spread the love

२३ भाद्र, काठमाडाैँ – रोटरी इन्टरनेशनलले सन् २०३० सम्ममा नेपालमा कोही पनि निरक्षर नहुन् भन्ने धेयसाथ ‘रोटरी नेपाल लिटेरेशी मिसन’ सञ्चालन गर्ने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा विगतभन्दा केही प्रतिशत साक्षरता बढे पनि अझै राष्ट्रिय अभियानको रुपमा रहेको साक्षरता शतप्रतिशत पुग्न नसकेको जनाइएको छ ।

नेपालमा कूल १५ हजार सामुदायिक विद्यालय रहेको र उनीहरुलाई निजी विद्यालय सरह विकास गर्ने उद्देश्यले इन्टरनेशनलले यो वर्ष ७० विद्यालयलाई ‘रोटरी ग्रान्ट’ दिइने जानकारी डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए । नेपालमा हाल १८ प्रतिशतभन्दा बढी विद्यार्थी विद्यालयबाहिर रहेको र उनीहरुलाई विद्यालय पठाउने योजना अनुरुप रु ५० करोडको ग्लोबल ग्रान्ट सञ्चालनमा रहेको र १७ वटा परियोजना चालू रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्