Logo

ट्रम्प प्रशासनले आफूलाई नोक्सान पुर्यायो – तालिबान समूह



Spread the love

एजेन्सी । अफगानिस्तानमा क्रियाशील तालिवान समूहले शान्ति प्रक्रिया रद्ध ट्रम्प प्रशासनले आफूलाई नोक्सान पुर्याएको टिप्पणी गरेको छ  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको शनिबार ट्विट गर्दै तालिवान समूहसँग एक वर्षअघिदेखि जारी रहेको शान्ति प्रक्रिया रद्ध गर्ने घोषणा गरेका थिए ।

गएको बिहीबार तालिवान समूहद्वारा काबुलमा गरेको आक्रमणमा १ जना अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएपछि अमेरिकी राष्ट्रपतिले चालेको पछिल्लो  कदमको विरोध गर्दै तालिवान समूहले सो कुरा बताएको हो ।

आइतबार एक वक्तव्य जारी गर्दै तालिबान समूहले अमेरिकाको निर्णय परिपक्व र अनुभवहीन भएको जनाएका हुन् ।  सो समूहले वार्ताको अन्तिम चरण सम्म सबैकुरा ठीक ढंगले चलेको समेत जनाएको छ ।  अमेरिकी राष्ट्रपतिले आइतबार अफगान राष्ट्रपति सहित तालिवानका नेताहरुसँगपनि अमेरिकामा नै वार्ता गर्ने कार्यक्रम रहेकोमा ट्रम्पले अचानक प्रक्रिया रद्धको घोषणा गरेका थिए ।

सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा सञ्चालन गरिएको सैन्य अभियानका क्रममा अहिले सम्म गठबन्धनका ३५०० सदस्यको मृत्यु भएको छ जसमा २३०० अमेरिकी मात्रै छन् । तालिबान समर्थित र सर्वसाधारणको मृत्युको गणना गर्न नै अप्ठेरो रहेको छ । पछिल्लोपटक सन् २०१९ मा संयुक्त राष्ट्र संघको एक रिपोर्टमा त्यहाँ ३२ हजार भन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाइएको थियो ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्