Logo

यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक



Spread the love

काठमाडौं । नेपालिहरूको महान चाड दशैं नजिकिएसँगै शहरी क्षेत्रमा दशैंको चहलपहल शुरु भएको छ । बजार क्षेत्र दशैंको आगमानसँगै शृङ्गारिन थालेको छ । यसैबीच यस वर्षको दशैंको टीका र घटस्थापनाको साइत निस्किएको छ।

पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा  उत्तम रहेको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ ।

नेपाल पञ्चांग निर्णायकसमितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले साइत नै खोजेर दशैंको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको बताए ।

यद्यपि दशैंको टीकालाई देवी भगवतीको प्रसादको रुपमा लिइने हुँदा दिनभरी पनि टीका लगाउन सकिने गौतम बताउँछन् ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्