Logo

लाइसेन्स लिन काहिले आउने ?



Spread the love

अब लाइसेन्स लिन कहिले आउँदा हुन्छ ? यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बाराका बुद्ध तामाङले प्रश्न गर्दा  उनको प्रश्नमा यातायात कार्यालयका कर्मचारीले  अब ६ महिनापछि आउने भने ।

तामाङले पुन दोहोर्याए, किन यत्रो समय लाग्ने, छिट्टै हुँदैन ?

कर्मचारीले पुन ६ महिनाभन्दा अघि नआउन जवाफ दिए ।

तामाङले मोटरसाइकलको लाइसेन्स निकाल्नका लागि एक साताअघि ट्रायल पास गरेका थिए । छिट्टै लाइसेन्स आउने आशामा बुधबार यातायात कार्यालयमा पुगेका तामाङ निरास भएर बाहिरिए ।

कार्यालयले कति अवधिभित्र लाइसेनस पाइन्छ भनेर मिति नतोकिदिँदा  दैनिक रुपमा लाइसेन्स आयो कि भन्दै कार्यालयमा धाउनेको घुइँचो छ ।

अनलाइबाट फर्म भर्ने व्यवस्था गरे पनि कति लाइसेन्स वितरण भयो भन्ने विवरण्व नराख्दा ट्रायल पास भएर स्मार्ट लाइसेन्स लिन कार्यालय नै धाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्