Logo

नदीबाट अवैध रूपमा बालुवा निकासि गर्ने ट्याक्टर चालक पक्राउ



Spread the love

२३ भदौ,  कैलाली ।  कैलालीकाे खुटिया नदीबाट अवैध रुपमा बालुवा ल्याउँदै गरेका ७ वटा ट्याक्टरसँगै ७ जना ट्याक्टर चालक पक्राउ परेका छन् ।

खुटिया नदीबाट अवैध रुपमा बालुवा ल्याउँदै गरेका ७ वटा ट्याक्टरसहित ७ जना चालकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीको टोलीले धनगढी उपमहानगरपालिका १९ पथरियामा पक्राउ गरेकाे हाे ।

सशस्त्र प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दका अनुसार, धनगढी उपमहानगरपालिका १ बसन्त टोलका सञ्जय यादव, सोही ठाउँका सुनिल चौधरी र रामपुकार सहानी, त्यस्तै वडा नम्बर ५ जाईका गजेन्द्र चौधरी, वडा नम्बर ८ का करन चौधरी, वडा नम्बर ६ जालीका ईन्द्र चौधरी र वडा नम्बर ७ मनहेराका बर्षातु चौधरीलाई ट्याक्टरसहित नियन्त्रणमा लिइएकाे र आवश्यक कारवाहीका लागि उनिहरूलाइ जिल्ला समन्वय समिति कैलाली पठाइएको  छ ।

बर्षातको समयमा जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि अटेरी गर्दै बालुवा उत्खनन गरेपछि उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेडक्वार्टर कैलालीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्