Logo

उज्वेकिस्तानसँग नेपाली चेली पराजित



Spread the love

२३ भदौ, काठमाडौं ।  नदेज्दा कप महिला फुटबलमा आज भएको दाेस्राे खेलमा नेपाल उज्वेकिस्तानसँग २-० ले पराजित भएकाे छ ।

पहिलाे खेलमा आइतबार आयोजक राष्ट्र किर्गिस्तानलाई ८-२ गाेलकाे फराकिलाे अन्तरले पराजित गरेकाे नेपालले दाेस्राे खेलमा आज उज्वेकिस्तानसँग हार बेहाेर्नु परेकाे हाे ।

खेलको ३४औं मिनेटमा नेपालविरुद्ध उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गर्दै थप एक गोल गर्दै २–० गोलको जित निकालेको हो ।

अब नेपालले अन्तिम खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगितालाई नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्