Logo

सिरियामा भयानक हवाई आक्रमण, १८ लडाकु मारिए



Spread the love

२३ भदौ, काठमाडौं । पूर्वी सिरियामा भयानक हवाई आक्रमण भएकाे छ । इरान समर्थक सेना र नागरिक सेनाकाे अखडालाई लक्षित गरी भएकाे हवाई आक्रमणमा परि १८ जना लडाकु मारिएका छन् ।

बेलायतसँग आबद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार इराककाे सिमाना नजिकैकाे अल बुकामालमा आक्रमण भएकाे हाे । यस समाचारकाे थप विवरण भने आएकाे छैन ।

सन् २०११ काे मार्च महिनाबाट सिरियामा यहाँका राष्ट्रपति बसर अल असदकाे राजीनामा माग गर्दै सुरु भएकाे जनआन्दाेलन केही सपयपछि गृहयुद्धमा परिणत भएकाे थियाे । यस युद्धमा पछिल्लाे समयमा अल-कायदा र इस्लामिक स्टेट जस्ता आतङ्कवादी समुहकाे वर्चस्व बढ्दै गएकाे छ ।

यस आन्दाेलनमा परि हालसम्म ज्यान गुमाउनेकाे सङ्ख्या झन्डै चार लाखकाे हार हारीमा पुगेकाे छ भने कैँयाै घाइते भएका छन् र कैँयाै विदेशमा शरण लिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्