Logo

प्रदेश १ मा बन्ने भयाे ४ लेनको प्रादेशिक सडक



Spread the love

२३ भदौ, विराटनगर । प्रदेश १ सरकारकाे आफ्नै लगानीमा बन्न लागेकाे विराटचोक–घिनाघाट चार लेनको २० किलोमिटर लामो सडकको शिलान्यास गरेकाे छ ।

यो सडकले समृद्धिको ढोका खोल्ने उद्घाटन कार्यक्रममा मन्त्री राईले बताए ।

असोज महिनादेखि निर्माण गर्ने तयारी थालेकाे २२ किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा २० किलोमिटर मात्र बन्नेछ । याे सडकले प्रदेशको स्थायी राजधानी समेत जाेड्नेछ ।

हाल दुई लेनको रहेको सडकलाई विस्तार गरी ४ लेनको बनाइने पूर्वाधार विकास मन्त्रालय मोरङका प्रमुख सुशील श्रेष्ठले बताए । याे सडक निर्माणको जिम्मा श्रेष्ठ रमन एपेक्स जेभीले पाएको छ ।

यो प्रादेशिक सडक विराटनगरको पुष्पलालचोकबाट बैजनाथपुर, झोडाहाट, नेताचोक र हरैचा हुँदै पूर्वपश्चिम राजमार्गमा जोडिनेछ ।

बहुवर्षीय सडक आयोजनाका लागि स्रोत सुनिश्चितता गरी आयोजना निर्माण कार्य प्रारम्भ गर्न ३ अर्ब १० करोड विनियोजन गरेको प्रदेश एकले,  प्रदेशका निर्माणाधीन क्रमागत सडक आयोजनाहरूलाई निरन्तरता दिन ८१ करोड रुपैयाँ र प्रादेशिक विशेष सडक आयोजनाका लागि ३६ करोड रुपैयाँ प्रदेश १ सरकारले छुट्याएको छ ।

तयसैगरि प्रदेश १ सरकारले १ अर्ब ५७ करोड रुपैयाँ स्रोत सुनिश्चितता गरिएका र अन्य सडक र पुल निर्माण अघि बढाउन छुट्याएको छ । मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमलाई स्थानीय तहसँगको साझेदारीमा ग्रामीण सडकहरूको स्तरवृद्धि गर्दै लैजान ७४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्