Logo

यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद पक्राउ



Spread the love

२३ भदौ, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् । सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद घिसिङ पक्राउ परेका हुन् ।

रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाने बसमा उनले क्याम्पस पढ्ने २१ वर्षकी युवतीमाथि यौन दुव्र्यवहार गरेपछि स्थानीयले कब्जामा लिएर प्रहरीलाई बुझाएका हुन् ।

प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार, उनीमाथि अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्