Logo

महेन्द्र नमुना माविको प्रअ नियुक्ति बारे नेपाली काङ्ग्रेसले मुख खोल्यो



Spread the love

२३ भाद्र, गुल्मी – नयाँ प्रधानाध्यापकाको नियुक्तिसँगै चरम राजनीतिको भुमरीमा फसेको महेन्द्र नमुना माध्यमिक विद्यालयको बारेमा नेपाली काङ्ग्रेसले आफ्नो धारण प्रकट गरेको छ । मङ्गलबारदेखि नेपाली काङ्ग्रेसले सुरु गर्न दोस्रो जागरण अभियान बारे जानकारी दिन पार्टी कार्यालय बिपी स्मिृत भवनमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासमा पार्टीले यस्तो बताएको हो ।

विद्यालय व्यवस्थापन समितिले कसलाई प्रअ बनायो भन्दा पनि कानुनी प्रक्रिया पुरा गर्यो की गरेन भन्ने हाम्रो धारण हो । कानुन अनुसार विद्यालय व्यवस्थापन समितिले नियुक्ति गरेको प्रअलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले ठाडो हस्तक्षेप गर्नु गलत भएको नेपाली काङगेसको ठम्याई छ । साथै नेपाली काङ्ग्रेसका जनप्रतिनिधिले रेसुङ्गा नगरपालिकामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको उचित भन्दै बचाउ समेत गरेको छ ।

 

भदौ २४ देखि दोस्रो चरणको जागरण अभियान सुरु 

नेपाली काङ्ग्रेसले देशैभर सुरु गरेको १५ दिने दोस्रो जागरण यहि भाद्र २४ गते मंगलबारदेखि सुरु गर्ने कार्यक्रम अन्तर्गत रहेर गुल्मीमा पनि विविध कार्यक्रम गरिने भएको छ ।

‘हिमाल पहाड तराई मधेस नेपाली काङ्ग्रेस’ नाराका साथ देशमा संघीयता आइसकेपछि नागरिकले सरकारबाट भोग्दै आएका समस्या, महंगी, महिला हिंसा, बलात्कार, वाइड वडी काण्ड, भष्ट्राचार तथा अनियमितता लगाएका विषयमा हरेक नागरिकलाई जानकारी गराउँदै गाउँ – गाउँमा भएका कर्याकर्तासँग भेट गर्ने गुल्मी क्षेत्र नं १ मा खटिएका केन्द्रिय प्रतिनिधि तथा पत्रकार सम्मेलन कार्यक्रम प्रमुख अतिथि युवराज गिरिले बताए ।


नेपाली काङ्ग्रेस जिम्मेवारी पार्टी र जनताको अभिभावक भएकाले सबै नागरिकका समस्याहरुलाई केन्द्रसम्म पुर्याइ समाधान खोजेरै छाड्ने सम्मेलनमा केन्द्रीय प्रतिनिधि गिरिले प्रतिबद्धता गरेका थिए ।

गुल्मीका २ निर्वाचन क्षेत्रमा ४ जना केन्द्रिय प्रतिनिधि खटाएर जागरण अभियान गर्ने र जनताका आधारभुत आवश्यकता के-के हुन त्यसको अध्ययन गरेपछि सबै आवश्यकतालाई केन्द्रसम्म पुर्याउने अभियान रहेकाले सबै नागरिकले आफ्नो ठाउँबाट यो अभियानलाई सहयोग गर्ने नेपाली काङ्ग्रेस जिल्ला सचिव विष्णु सापकोटाले अपिल गरेकी छिन् ।

दोस्रो जागरण अभियानमा केन्द्रीय प्रतिनिधि क्षेत्र नं १ मा हरिध्वज मल्ल, युवराज गिरी क्षेत्र नं २ मा धन बहादुर मास्के र हिकमत बहादुर टण्डन खटिएको सापकोटाले जानकारी दिएकी छिन् ।

दोस्रो जागरण अभियान देशभरिबाट १ लाख नेपाली काङ्ग्रेस प्रवेश गराई ३ करोड नेपाली जनताको मनमा बस्ने गरि पार्टीलाई दरिलो बनाउनका निमित्त यो अभियान गुल्मीमा पनि थालिएको नेपाली काङ्ग्रेस जिल्ला सचिव तथा जगरण अभियानका संगठनका संयोजक खिलध्वज पन्थीले जानाकारी दिए ।

दुई तिहाई सरकार सत्ताबाट नेपाली जनतालाई दुःख पिडा दिईरहेको समयमा नेपाली काङ्ग्रेस सडकबाट जनताका माग पुरा गर्नका लागि अगाडि बढेको पन्थीले बताए ।

नेपाली काङ्ग्रेसले पहिलो जागरण अभियान जेठ २५ देखि वैशाख २५ सम्म गरि एक महिना चलाएको थियो र यो अभियान कार्यक्रम जनता बिचमा निकै प्रभावकारी समेत भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्