Logo

भाद्र २७ देखि सुरू हुँदै पाँचाै कीर्तिपुर मेला



Spread the love

२४ भदौ, काठमाडौं । नजिकिदैँ गरेकाे नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा पर्यटकिय नगरी किर्तिपुरमा ‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ सुरु हुने भएको छ। किर्तिपुरको नयाँ बजारको खेलकुद मैदानमा उक्त महोत्सव आयोजना हुने भएको हो । महाेत्सव भाद्र २७ गते शुक्रबार देखि असोज ८ गते बुधबार सम्म चल्नेछ ।

सामाजिक कार्य, म्युजिक अवार्ड तथा औधोगिक ब्यापार मेला महोत्सब गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था तथा नयाँ बजार क्लब, राजकमल महर्जन तथा शशिर महर्जनकाे संयुक्त आयोजनामा उक्त पाँचौ कीर्तिपुर महोत्सव २०७६ गर्न लागिएको छ ।

मेलामा एक सय पचास भन्दा धेरै स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुनेछन् । मेलामा बिक्रि वितरण गर्न राखिएका समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको ब्यबस्थापन कमिटीले जानकारी छ ।

महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ । यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने छ । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन् । उक्त अवसरमा मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहेन छ ।

पाँचौ किर्तिपुर महोत्सव २०७६ मा करिब ३ देखि ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा धेरै राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेतके व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्