Logo

स्थानीय नेताकाे गाडीमा आगाे लगाइयाे



Spread the love

२४ भदौ,कैलाली ।  कैलालीकाे घाेडाघाेडी नगरपालीकामा नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेताकाे गाडीमा आगाे लगाइएकाे छ । घाेडाघाेडी नगरपालीका १ सुन्दरपुरका स्थानीय नेता गाैरी प्रसाद जाेशीकाे बा ९ च ६५९७ नम्बरकाे स्कारपियाे गाडीमा अज्ञात समूहले आगाे लगाएकाे हाे ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार, घरमा पार्किङ गरी राखेकाे अवस्थामा गए राती करिब १२ बजेतिर आगजनी गरिएकाे हाे ।

आगजनीबाट गाडीकाे अगाडिकाे भागमा जलेर क्षति पुगेकाे छ । राति करिब १२ बजेतिर आगाे लगाइएकाे आगाे लागेकाे कुरा छिमेकीले थाहा पाएपछि धरका अन्य सदस्यले आगाे नियन्त्रणमा लिएकाे कुरा अनुसन्धानमा खुलेकाे इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले जानकारी दिए ।

प्रहरी निरीक्षक भट्टका अनुसार, अज्ञात समूहले आगजनी गरेकाे गाडी तत्कालीन माओवादीकाे नाममा रहेकाे खुल्न आएकाे छ । गाडीमा आगजनी हुँदा नेता जाेशी घरमा नरहेकाे प्रहरीले बताएकाे छ । घटनामा संलग्नहरूकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्