Logo

गाँउपालिका अध्यक्षले किनिदिए आफ्ना तीनभाई छोराका लागि सरकारी रकमबाट मोटरसाईकल



Spread the love

२४ भदौ, सप्तरी । सप्तरीको राजगढ गाँउपालिकाका अध्यक्ष परमानन्द यादवले आफ्ना तीनभाई छोराका लागि सरकारी रकमबाट मोटरसाईकल किनिदिएका छन् ।

गाउँपालिका स्रोतका अनुसार गाँउपालिकाले आर्थिक वर्ष २०७४-०७५ मा किनेका मोटरसाईकल मध्ये तीनवटा मोटरसाईकल अध्यक्ष यादवले आफ्ना तीनभाई छोराहरुलाई दिएका हुन् । रु २ लाख ५९ हजार ९ सय मूल्याको १५० सीसीको अभेञ्जर, रु २ लाख ५९ हजार ८ सयको १६० सीसीको होण्डा हर्नेट र रु २ लाख ८ हजार १ सय २९ पर्ने १२५ सीसीको होण्डा साइन मोटरसाईकल छोराहरुलाई दिइएको बताएको छ ।

तीन वटा मोटरसाइकलको मूल्य रु ९ लाख ९७ हजार ८ सय २९ रहेको छ। गाउँपालिकाले मोटरसाइकल खरिद प्रकृयामा पनि कानून मिचेको छ । अर्थ मन्त्रालयको पूर्वस्वीकृती बेगर रु ३० लाख १७ हजार २ सय ५६ का १४ वटा किनीएका १२ वटा मोटरसाइकल विना प्रतिस्पर्धा किनेका हुन् ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९ र ११ अनुसार सरकारी कार्यालयले मालसमानको स्पेसिफकिेशनको अधिनमा रही लागत अनुमान तयार गरेर मात्र सामान किन्न पाउँछन् । नियमावली अनुसार रु ५ लाख सम्म भए खरिद गर्न पाउन, रु २० लाख सम्म भए शिलबन्दी दरभाउ पत्र र रु २० लाख भन्दा माथीको सामान भए बोलपत्रको माध्यमवाट खरिद गर्नु पर्ने व्यवस्था छ । तर गाउँपालिकाले लागत अनुमान तयार नगरी ७ दिने सूचना प्रकाशन गरी मूल्य प्रतिस्पर्धा नगराई क्याटलग विधिद्धारा १२ वटा होण्डा साइन किनेको थियो ।

अध्यक्षका छोराहरुले चलाउने मोटरसाईकलमा पेट्रोल खर्च समेत गाउँपालिकाले व्यहोर्ने गरेको छ । तीन वटा मोटरसाइकलमा एक वर्षमा ६ लाख ६६ हजार ८ सय रुपैयाँको पेट्रोल हालिएको छ । अध्यक्ष यादव आफू भने स्कारपियो चढ्छन् ।

प्रतिक्रिया दिनुहोस्