Logo

विद्युत् सेवा अवरुद्ध, दशैँमा समेत अन्धकार हुने भयो गाउँ



Spread the love

२५ भाद्र, हुम्ला – हेल्दुम साना विद्युत् वितरण केन्द्र मर्मत भइरहेकाले पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिका सो सेवाबाट वञ्चित भएको छ ।

स्थानीय नरबहादुर रोकायाका अनुसार सो केन्द्रको मर्मतका लागि आवश्यक पाइप नेपालगन्ज र सुर्खेतमा थन्किएका छन् । दशैँपछि विद्युत् सेवा सञ्चालन हुने बताइएको छ ।

स्याउ कार्यालय स्थापना

जिल्लामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन कार्यालय स्थापना गरिएको छ । सो कार्यालयको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले गरे । सो कार्यका लागि कार्यालय प्रमुख राम सुगरपालले प्रस्तावित बजेट रु १ करोड ५९ लाख ४६ हजार निकासा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्