Logo

विप्लवका छोरा पक्राउ !



Spread the love

२५ भदौ, चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको हाे ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरुले माग राखी गर्दै आएकाे आन्दोलनकाे नेतृत्व प्रकाश चन्दले गर्दै आएका छन् ।

प्रकाश लगाएत आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको र अहिले उनीहरूलाइ  जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको प्रहरी नायव उपरीक्षक शर्माले बताए । प्रहरीका अनुसार, अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्न र तोडफोड गर्न खोजेपछि उनिहरूलाइ पक्राउ गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस्