Logo

आजदेखि काठमाडौंमा सुरु भयाे तेस्रो पूर्वाधार सम्मेलन



२५ भदौ, काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आज (बुधवार) देखि काठमाडौँमा रहेकाे हाेटल ह्यातमा तेस्रो पूर्वाधार सम्मेलन सुरु भएकाे छ । बिहान १०ः३० बजे औपचारिक रूपमा सम्मेलन सुरु भएकाे हाे ।

आयोजकका अनुसार, २ दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन ४ वटा सेसन हुने छन् । बिहान १०ः३० बजे सुरु भएकाे पूर्वाधारबारेको पहिलो बिजनेस सेसनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै पुष्पराज कँडेल र उचोङ उमले आफ्ना भनाइ राखेका छन् ।

१२ः३० बजेदेखि बिजनेस सेसनकै दोस्रो सत्र सुरु हुनेछ । पूर्वाधार र क्षेत्रीय कनेक्टिभिटी नाम दिइएको सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, स्वर्णिम वाग्ले र नोरिदामा मोरिता वक्ता छन् ।

आयोजकका अनुसार तेस्रो र चौथो सेसनका लागि अर्थमन्त्री युवराज खतिवडा, कृष्णबहादुर महरालाई आनेछन् । आजै साँझ हुने ओपनिङ प्ललेनरिङमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको छ । त्यस्तै, दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री डा. हान स्योङ सू किनोटले पनि पूर्वाधारबारे धारणा राख्नेछन् ।

नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदायसमेतको सहकार्यमा आयोजना गरिएको सम्मेलनलाई गत वर्ष सम्पन्न लगानी सम्मेलन २०१९ को फलोअपको रूपमा हेरिएको छ । लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउनसमेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्