Logo

लागूऔषध ओसारपसारमा संलग्न पाँच जना पक्राउ



Spread the love

२५ भदौ, कैलाली । लागूऔषध ओसारपसारमा संलग्न पाँच जनालाई धनगढी उपमहानगरपालिकाको छुट्टाछुट्टै ठाँउबाट जिल्ला प्रहरी कार्यालय, कैलालीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, भन्सार क्षेत्रबाट चार ग्राम ९८ मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका २ का २० वर्षीय नरेन्द्र बिष्ट, वडा नम्बर ५ बस्ने मनोज भण्डारी र वडा नम्बर ३ बस्ने ३० वर्षीय सुमित अधिकारी पक्राउ परेका हुन् । उनिहरूकाे साथबाट, स्पास्मो प्रोक्सीभन प्लस, पारभोरिन स्पास, विन्सपास्म, नाइट्राभेट लगायतका लागुऔषध बरामद भएकाे छ ।

त्यसैगरी, वडा नम्बर १० जुगेडाबाट धनगढी उपमहानगरपालिका–३, बोराडाँडीका २६ वर्षीय राम राना र सोही ठाउँका १८ वर्षीय सुनील रानालाई पनि ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई ग्राम ७५० मिलीग्राम ब्राउन सुगर बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार  पक्राउ परेका सबैविरुद्ध लागूऔषध ‘खैरो हिरोइन’ शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्