Logo

आदिवासी जनजातीहरुले असोज ३ लाई ‘कालो’ दिनका रुपमा मनाउने



Spread the love

२५ भदौ, काठमाडौं । सरकारले हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेकाे संविधान जारी भएको दिन असोज ३ गतेलाई आदिवासी जनजातीहरुले ‘कालो’ दिनका रूपमा मनाउने तयारी गर्न थालेका छन् । उक्त दिन उनीहरूले संविधानको विरोधमा आन्दोलनका कार्यक्रमहरू गर्ने घाेषणा समेत गरेका छन् ।

आदिवासी जनजाति सङ्घ संगठनहरुका अनुसार, बुधवार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेकाे बताएका छन् । आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरूले संविधानप्रति असहमति जनाउँदै असोज ३ लाई कालो दिनका रूपमा मनाउन लागेको बताएका छन् ।

यस अघिका वर्षहरूमा पनि आदिवासी जनजाति सङ्घ संगठनहरुले असोज ३ लाई ‘कालो’ दिनका रूपमा मनाइसकेका छन् ।

यस वर्षपनि असोज ३ लाई आदिवासी जनजातीहरुले संयुक्त रूपमा कालो दिन मनाउन लागेको आदिबासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले जानकारी दिए ।

‘विभेदकारी संविधान जारी भएको दिन असोज ३ लाई आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिलालगायत सम्पूर्ण बहिष्कृत–सीमान्तकृत जाति समुदायमाथि धोकाधडी, षड्यन्त्र, जालसाजी र विभेद भएको दिनको रूपमा असोज ३ लाई केन्द्रित गरेर आन्दोलनका विभिन्न कार्यक्रमहरू सार्वजनिक गरिने पनि बरामले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्