Logo

प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर नेपालमै निकालियो



Spread the love

२५ भदौ, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर बुधवार त्रिवि शिक्षण अस्पतालमा निकालिएको छ ।

सिंगापुरमा प्लाज्मा फेरोसिस गर्दा राखिएकाे क्याथेटर बुधवार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले निकालेका हुन् ।

करिब १०–१५ मिनेट लगाएर क्याथेटर निकालेकाे वरिष्ठ मुटुराेग विशेषज्ञ डा. अरुण सायमीले बताए । क्याथेटर निकालेपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएको र उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे सायमीले जानकारी दिए ।

१० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा थप उपचार गराएर फर्किएका थिए । मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि प्लाज्मा फेराेसिस विधिबाट उनको उपचार गरिएको थियो । त्यही बेला प्रधानमन्त्रीको मुटुमा क्याथेटर राखिएको थियो ।

गत वर्ष कात्तिक महिनामा प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएरै मुटुको उपचार गराएका थिए । त्यसको फलोअपका लागि पनि ओली बुधवार अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्